नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे एक लाख ३३ हजार एक सय कित्ता सेयर सूचिकृत भएको हाे ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा सम्पन्न भएकाे संस्थाकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।
संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस