Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौँथो दिन पनि घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

नेप्से

बुधबार, २३ असार २०७८, १५ : ०२ मा प्रकाशित

लगातार चौँथो दिन पनि घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

सेयर बजारले ओरालो यात्रालाई आज पनि निरन्तरता दिएको छ । यस साताको पहिलो दिनबाट नै लगातार घटिरहेको नेप्सेले चौँथो दिन आज (बुधबार) पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो । तर आज कारोबार रकममा भने झिनो सुधार देखिएको छ । मंगलबार ४ अर्ब २२ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५८ करोड माथिको कारोबार भएको हो ।

माैद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिन थालेकाे छ । चालु आर्थिक वर्ष पनि सकिन लागेको छ । असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई कर तथा किस्ताहरू तिर्नलाई तनाव थपिएको छ । करहरू चुक्ता गर्न लगानीकर्ताको लगानी सेयर बजारबाट बाहिरिएको छ । यस्ता कुराकाे प्रभाव बजारमा देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.५० अंकले घटेर ५२५.२४ विन्दुमा झरेको छ । कूल २२२ वटा कम्पनीकाे एक कराेड १६ लाख ६४ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60e577a70e289.jpg

60e577acb4c61.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ ।

60e577b1b0f71.jpg

60e577b6b7145.jpg

बुधबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : छिमेक लघुवित्त, अपर तामाकाेशी, हिमालयन डिष्टीलरी, नेपाल पूनर्बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त् नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआइसी एशिया बैैंक, नेपाल इन्स्याेरेन्स र सिद्धार्थ बैंक रहेका छन् ।

60e577be07450.jpg

बुधबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : सेञ्चुरी कमर्सियल बैंक संस्थापक सेयर, प्राइम कमर्सियल संस्थापक सेयर, सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, साधना लघुवित्त, एभरेष्ट इनस्याेरेन्स संस्थापक सेयर, कालिका लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्त र १० प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ रहेका छन् ।

60e577c5c05b2.jpg

बुधबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : अपर तामाकाेशी, युनाइटेड इदी मर्दी, राधी विद्युत, शिव श्री हाइड्राेपावर, घलेम्दी हाइड्राेपावर, युनिभर्सल पावर, ओरियन्टल हाेटल, सेन्ट्रल फाइनान्स, खानीखाेला हाइड्राेपावर र हिमालयन डिष्टीलरी रहेका छन् । 

60e577cc91c26.jpg

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने अहिलेकाे यो करेक्सनले गर्दा अझै धेरै माथि जान बजार बलियाे बनेकाे केही विश्लेषककाे दावी छ ।

याे पनि हेर्नुहाेस् :

कुन सेक्टरमा Rally आउला? बजार अब कता? Technical forecast | Ashad 20-24 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको