Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता उत्साहित

नेप्से

विहीबार, २४ असार २०७८, १४ : ५५ मा प्रकाशित

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता उत्साहित

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यस साता पहिलाे दिन देखिनै सेयर बजार निरन्तर घटिरहेकाे थियाे । सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

नेप्से परिसूचक बढ्दा पनि काराेबार रकम भने लयमा फर्किन सकेकाे छैन । केही समय अघि दैनिक १५ देखि १७ अर्बसम्मकाे काराेबार हुने गरेकाेमा आजकाल औषतमा जम्मा ४ देखि ५ अर्बकाे मात्र काराेबार भइरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ मा पुगेकाे छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ मा पुगेको छ । कूल २२३ वटा कम्पनीकाे एक करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60e6c89ee3df3.jpg

60e6c8a49804a.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार र अन्यबाहेक बाँकी सबै उपसमूहकाे परिसूचक बढेकाे छ ।

60e6c8ad8626b.jpg

60e6c8b395990.jpg

त्यसैगरी, बिहीबार नेपाल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । यता गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाउँदा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

बिहीबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : नेपाल बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकोशी, नबिल बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, सिटिजन्स बैंक र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । 

60e6c8b898f65.jpg

बिहीबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

60e6c8bfadbb4.jpg

बिहीबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, सानिमा लार्ज क्याप फण्ड, नेपाल टेलिकम, सिइडिबी हाइड्रोपावर कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड २ र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

60e6c8c46a158.jpg

 बजार ओरालो लागे पनि बिस्तारै झर्ने र उकालो लाग्दा पनि बिस्तारै चढ्ने हुनाले अहिले बजारमा आधारभूत र प्राविधिक दुवै पक्षले काम नगर्ने विश्लेषकहरू बताउँछन् । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुने विश्लेषकहरूले बताएका छन् । विश्लेषकहरू भन्छन्, अहिले सेयर बजारको बाली पाक्ने समय भएको छ । बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो रहेको र जलविद्युत कम्पनीहरूले पनि हकप्रद निष्कासन गर्ने कुराहरू आइरहेको हुनाले बजार बलियो हुने उनीहरूकाे तर्क छ । विश्लेषकहरूका अनुसार अहिले सेयर बजारमा सेयर खरिद गर्ने एकदमै सुनौलो अवसर हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको