Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे सेयर बजार : सबै परिसूचकहरु नकारात्मक, अब बजार कता ?

नेप्से

शनिबार, २६ असार २०७८, १२ : १३ मा प्रकाशित

साताकाे सेयर बजार : सबै परिसूचकहरु नकारात्मक, अब बजार कता ?

असारकाे सुरूदेखि नै बजार घटिरहेकाे छ । हरेक असार मसान्तमा बजार घट्नु स्वभाविक नै मानिन्छ । असारमा क्लाेजिङकाे चाप हुने गर्दछ । तर अब हिजाे (असार २५ गतेसम्म) कर तिर्नेहरूले कर तिरिसकेका छन् । बैंककाे किस्ताहरू तिर्ने समय पनि लगभग सकिएकाे छ । त्यसैले अब फेरि बजार उकालाे लाग्ने विश्लेषकहरूकाे ठहर छ ।

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले बजार धेरै नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो छ । जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर निष्कासन गर्न पाउने खबर बाहिरिएकाे छ । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । सेयर बजारकाे सिजन पनि सुरू भएकाे छ । यी सबै कुराले गर्दा बजार माथि जाने देखिन्छ ।

यस साता सेयर बजारका सबै परिसूचकहरु नकारात्मक देखिएका छन् ।  गत साताकाे तुलनामा नेप्से परिसूचक, कारोबार रकम र बजार पूँजीकरण पनि घटेकाे हाे ।

यस साता नेप्से परिसूचक १७ दशमलव ९० अंकले घटेर २८२५ दशमलव १० विन्दुमा राेकिएकाे छ । गत साता नेप्से परिसूचक स्थीर रही २८४३ विन्दुमा रोकिएको थियाे । यस साताकाे ५ कारोबार दिनमा ४ दिन बजार घटेको थियाे भने एक दिन मात्र बजार बढेको थियाे ।

यस साता सेन्सेटिभ परिसूचक भने यस साता सेन्सेटिभ परिसूचक भने ०.९५ अंकले बढेर ५२९ दशमलव ६६ विन्दुमा पुगी राेकिएकाे छ । गत साता सेन्सेटिभ परिसूचक ३.०७ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगी राेकिएकाे थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा पनि यस साता झनै गिरावट देखिएको छ । गत साताभरमा ३४ अर्ब १६ करोड ६५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाेमा यस साताभरमा जम्मा २३ अर्ब २६ कराेड ११ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । यस साता औसतमा दैनिक ४ अर्ब ६५ कराेडकाे सेयर काराेबार भएकाे हाे ।

बजार पुँजीकरणकाे कुरा गर्नुपर्दा यस साता लगानीकर्ताकाे सम्पत्ति १९ अर्ब ७५ करोड ६० लाख रूपैयाँले घटेकाे छ । गत साता ३९ खर्ब ४९ अर्ब रूपैयाँ रहेकाे बजार पुँजीकरण याे साता घटेर ३९ खर्ब २९ अर्ब ८६ करोड रूपैयाँ कायम भएकाे छ ।

यस साताकाे सेयर बजारलाई समग्रमा नियाल्दा :

सूचीकृत उपसमूहमध्ये यस साता यस साता ८ वटा सूचीकृत समूहमा गिरावट आएको छ । यस साता सबैभन्दा धेरै उत्पादनमूलक समूहकाे सेयर बढेकाे छ भने जलविद्युत समूहकाे सेयर सबैभन्दा धेरै घटेकाे छ ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यसपश्चात् सबैभन्दा धेरै नाफा कमाउने दोश्रो र तेश्रोमा क्रमश राष्ट्रिय बिमा कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश गोर्खाज फाइनान्स कम्पनी लिमिटेड र  युनाइटेड इदी मार्दीका लगानीकर्ता रहेका छन् ।

सेयर सूचीकरणकाे कुरा गर्नुपर्दा याे साता धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

नेप्सेमा ९ कम्पनीकाे सेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानीकर्ताहरूले लगानी गर्दा सर्वप्रथम आफूलाई फाइदा हुने कम्पनी हेरेर छनोट गर्नुपर्छ ।  यो कम्पनी मेरो लागि उपयुक्त छ र यो कम्पनीबाट मैले राम्रो कमाउन सक्दछु भन्ने कुरा लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । यसाे गर्दा अहिलेको जस्ताे अवस्थाबाट आफू सजिलै बच्न सकिन्छ । लगानीकर्ताहरूले आफूले लगानी गर्ने बेलामा सोचेर विचार गरेर लगानी गरेका कम्पनीहरू गन्तव्यमा नपुगेसम्म प्रतिफल दिने बेला नभएसम्म) हाेल्ड गर्नुपर्छ । 

अब बजार कता जाला ? तलकाे भिडियाेमा हेर्नुहाेस् :

कुन कम्पनीको Demand बजारमा देखिन्छ? बजार अब कता? Technical forecast | Ashad 27-31 | Share Tech Funda

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको