Like us!
Follow us!
Connect us!
Watch us!

किसानलाई क्रेडिट कार्ड वितरण शुरु

अर्थ संसार

आइतबार, २७ असार २०७८, १४ : ४२ मा प्रकाशित

किसानलाई क्रेडिट कार्ड वितरण शुरु

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुवात गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।

यसरी पहुँच कम पुगेका साना किसानका लागि बिनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन प्राइभेट लिमिटेड, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौता अनुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा आठ महिला र १७ पुरुष गरी जम्मा २५ किसानलाई किसान कार्डमार्फत प्रति सो रकम प्रदान गरिने छ । बिना धितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्याउने लक्ष्य गाउँपालिकाको रहेको छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको