Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको  ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को बाँडफाँड

अर्थ संसार

मंगलबार, २९ असार २०७८, ०८ : २४ मा प्रकाशित

एनआईसी एशिया बैंकको  ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को बाँडफाँड

एनआईसी एशिया बैंकले जारी गरेको ऋणपत्र  ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले ८ दशमलव ५ प्रतशित व्याजदरको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गरेको थियो । 

बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता ऋणपत्र गरी कुल २० लाख कित्ता असार ६ गतेदेखि असार ३० गतेसम्म निष्कासन गरेको थियो । यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।

रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु सम्पूर्ण आवेदकलाई विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले शुक्रवार बाँडफाँट गरेको हो । 

एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट जेठ २० गते अनुमति पाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको