Like us!
Follow us!
Connect us!
Watch us!

एक डोज मात्रै लगाए पुग्ने अमेरिकी खोप साउन ४ गतेदेखि लगाइने

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १३ : ४० मा प्रकाशित

एक डोज मात्रै लगाए पुग्ने अमेरिकी खोप साउन ४ गतेदेखि लगाइने

संयुक्त राज्य अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा दिएकाे जोन्सन एण्ड जोन्सनकाे खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाइने भएको छ । अमेरिकाले हिजाे नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप सहयोग गरेको थियाे ।

समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौं जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना बनाएकाे छ ।

उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिइनेछ ।

आज मङ्गलबारबाट भेराेसाेलकाे खाेप पनि लगाउन सुरू भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको