Like us!
Follow us!
Connect us!
Watch us!

सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ३० असार २०७८, ११ : ४९ मा प्रकाशित

सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपाल सरकारको आर्थिक वर्ष २०७७।७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवद्र्धन गर्ने कार्यक्रम रहेको र सो सम्बन्धी नियमावली तर्जुमा गरी पेश गर्ने निकायको रुपमा नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी तोकिएकोमा बोर्डले तयार गरेको सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुसंग राय सुझाव लिने उद्धेश्यले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम बोर्डले भर्चुअल माध्यमबाट आज सम्पन्न गरेको छ । 

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाज्यूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बिमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बोर्डका कार्यकारी निर्देशक, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका प्रतिनिधीहरु, ब्रोकर तथा मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधीहरु, विभिन्न लगानीकर्ता समूहका प्रतिनिधीहरु, आर्थिक पत्रकारहरु, सम्मिश्रित वित्तसम्बन्धी विज्ञहरु लगायत अन्य सरोकारवालाहरु तथा बोर्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बोर्डका अध्यक्ष ढुंगानाले नेपाल सरकारको पूँजीबजार सम्बन्धी विषयको सल्लाहकार तथा पूँजीबजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप यस विषयलाई अगाडि बढाइएको व्यहोरा स्पष्ट पारे । साथै उनले सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रुपमा विकास भएको र यसको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पुँजी प्रवाहमा गतिशिलता आउने तथा निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने बताए ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सम्मिश्रित वित्त व्यवस्थाका सम्बन्धमा उत्प्रेरकको भूमिका निर्वाह गर्न खोजेको बताए । 
    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको