Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १७ : ३७ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक अर्ब क्लबमा प्रवेश गरेकाे छ । महामारीको विषम परिस्थितिमा समेत यस  यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हाे ।

आर्थिक वर्ष २०७७।०७८ को अन्त्य हुँदै गर्दा कम्पनीले १०० करोड माथिको बीमाशुल्क आर्जन गरिसकेकोछ  । 

कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल ज्यूको नेतृत्वको पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा रु ६९ करोड बीमाशुल्क आर्जनको  तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो । 

कम्पनीको सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको