Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको सर्वाधिक व्याजदर सहितको दुई नयाँ आकर्षक निक्षेप योजनाहरु

अर्थ संसार

शनिबार, ०२ साउन २०७८, १३ : ३८ मा प्रकाशित

सिभिल बैंकको सर्वाधिक व्याजदर सहितको दुई नयाँ आकर्षक निक्षेप योजनाहरु

सिभिल बैंक लिमिटेडले सर्वाधिक व्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु – सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ ।

न्युनतम मौज्दात २५ हजार रूपैयाँ रहेको “सुपर प्रिमियम बचत खाता” मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक व्याजदर सहित “मेटलाईफ” सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) को रु दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ । 

त्यसैगरी, खुत्रुके खाता (रिकरिंग डिपोजिट) मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम रु पाँच सय देखि माथि संचय गर्दै जानसक्नेछन् । कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा व्याजको एक मुष्ठ भुक्तानी पाउनेछन् । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप व्याज प्रदान गरिनेछ । केहिगरी अवधिकोबीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकमको ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको व्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक व्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैंकका प्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिग भोला ब. विष्टले बताएका छन् ।

जेष्ठ मसान्त सम्म निक्षेप तर्फ रु. २८.७९ अर्ब (४७.८८ %) र कर्जा तर्फ रु. २९.७६ अर्ब (५५.२८% ) वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.१३% मा सिमित गर्न सफल भएको छ । गत असार मसान्तमा उक्त अनुपात २.३८% रहेको थियो ।  सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा-योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको