Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको बोनस सेयरधनीको डिम्याटमा जम्मा, सेयर नआए के गर्ने ?

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, १० : ३९ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको बोनस सेयरधनीको डिम्याटमा जम्मा, सेयर नआए के गर्ने ?

प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको जनाएको छ  । 

कम्पनीले २०७८ बैशाख २५ गतेसम्म सेयर अभौतिकिकरण  गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि सेयर अभौतिकिकरण  गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ । सेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले  आग्रह गरेको छ  ।  सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ  ।  

सेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको