लक्ष्मी बैंक लिमिटेडले असार २८ गते सोमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानीकोषकोसहित सर्वसाधारणमा बिक्री गर्नेछ र १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरेको हो ।
बैंकको उक्त ऋणपत्रमा आज बैकिङ समयसम्म आवेदन दिन सकिने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकसिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
बैंकले १० वर्ष अवधिको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र खुल्ला गरेको हो । उक्त ऋणपत्रको व्याजदर वार्षिक ८.५५ हुनेछ ।
यस ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस