Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको सहयोगमा गंगालालमा कोरोना विशेष वार्ड स्थापना गरिँदै

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १२ : १५ मा प्रकाशित

माछापुच्छ्रे बैंकको सहयोगमा गंगालालमा कोरोना विशेष वार्ड स्थापना गरिँदै

माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिने भएकाे छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौँको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतीपत्रमा हस्ताक्षर गरेको छ ।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धी सम्झौतापत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन् ।

सम्झौता पश्चात् बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ । 

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिँदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष ववार्डको स्थापना गरिदिन लागेको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको