Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे अवस्थामा कम्पनी खारेज हुन्छ ? खारेज हुने कम्पनीबाट सेयरधनीहरुलाई कसरी रकम दिइन्छ ?

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, १८ : १० मा प्रकाशित

कस्ताे अवस्थामा कम्पनी खारेज हुन्छ ? खारेज हुने कम्पनीबाट सेयरधनीहरुलाई कसरी रकम दिइन्छ ?

अदालतले कम्पनी खारेजीमा लैजाने फैसला गरेको अवस्थामा लिक्युडेटर पनि तोकिदिएको हुन्छ । लिक्युडेटरले कम्पनीको सम्पत्तिको मूल्यांकन तथा बिक्री गर्न सहयोग गर्दछ ।

यसरी बिक्री गरी प्राप्त रकमबाट सर्वप्रथम कम्पनी खारेज गर्दा लाग्ने खर्च, कर्मचारीहरुको तलब तथा सुविधाहरु, सरकारी कर तथा दस्तुरहरु र सुरक्षित ऋण जस्ता दायित्वहरु भुक्तानी गरिन्छ ।

यस्ता दायित्वहरुको भुक्तानी पछि बाँकी रहेको रकम डिबेन्चरधनीहरुलाई प्रदान गरिन्छ । यस्तो भुक्तानी पश्चात पनि रकम बाँकी रहेमा दामासाहीको हिसाबले पहिले अग्राधिकार सेयरधनीहरुलाई र त्यसपछि मात्र साधारण सेयरधनीहरुलाई प्रदान गरिन्छ ।

(स्राेत : नेपाल स्टक एक्सचेञ्ज)

याे पनि :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको