Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवद्र्धन योजना, सातदिन अनिवार्य पर्यटन बिदा

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १६ : ३८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवद्र्धन योजना, सातदिन अनिवार्य पर्यटन बिदा

ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सातदिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्नेगरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेका छ । 

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालकालागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधिकार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवाप्रदानगरिरहेको छ । बैंकले २३ लाखभन्दा बढि ग्राहकहरू माझ सेवाप्रदानगर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको