Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासनको अनुमति माग्दै ३ कम्पनीले दिए बोर्डमा निवेदन

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १७ : ३२ मा प्रकाशित

आईपीओ निष्कासनको अनुमति माग्दै ३ कम्पनीले दिए बोर्डमा निवेदन

विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका छन् ।

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका हुन् ।

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २४ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यस्तै, संस्थाले खुद व्याज आम्दानी पनि बढाएर १२ करोड १० लाख रुपैयाँ पुर्याएको छ । संस्थाकाे सञ्चालन नाफा ५ करोड ६ लाख ११ हजार रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म ६७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाकाे चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १० करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा स्थानीय र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २० सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको  सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।  संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई  साधारण सेयर निष्कासन  गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको