ग्लोबल आइएमई क्यापिटलले आज (शनिवार) पनि कार्यालय खुल्ला गर्ने भएको छ । क्यापिटलको नक्साल स्थित मुख्य कार्यालय आज शनिबार बिहान १०:०० बजेदेखि दिउसो ३:०० बजेसम्म सञ्चालन गर्ने भएको हो ।
मध्य भोटेकोशी जलविद्युत आयोजनाको आइपीओे निष्कासन भईरहेको र सो को लागि क्यापिटलको तर्फबाट प्रदान गरिने सेवा शनिवार पनि खुला गर्ने क्यापिटलले जनाएको छ ।
शनिबार सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयरमा आवेदन गर्ने, हाइड्रोईलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन गर्ने एवं हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो सेयरसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गरिने क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस