Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई क्यापिटलकाे चाडपर्व अफर : डिम्याट नविकरण गर्दा काइदा र फाइदा

अर्थ संसार

मंगलबार, २६ असोज २०७८, १३ : ४३ मा प्रकाशित

ग्लोबल आइएमई क्यापिटलकाे चाडपर्व अफर : डिम्याट नविकरण गर्दा काइदा र फाइदा

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ ।

क्यापिटलले दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा २ हजार ५ सय रूपैयाँ धरौटीमा (शर्तसहित फिर्ता हुने गरी) ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकमा डिम्याट र मेराे सेयर खाता खोलिसकेका हितग्राहीहरुले नविकरण गर्दा आजीवन विशेष सुविधा तथा नयाँ डिम्याट र मेराे सेयर खातामा सहभागी हुन चाहनेलाई डिम्याट र मेराे सेयर खाता खोल्ने सुविधा सित्तैमा लिन सकिने योजना सार्वजनिक गरेकाे हाे ।

योजनाका सर्तहरु यस प्रकारका छन् :
१. २ हजार ५ सय रूपैयाँकाे धरौटीमा योजनामा आवद्ध हुन सकिने ।

२. पाँच वर्ष पछि रकम फिर्ता लिन मिल्ने ।

३. मंसिर मसान्तसम्म योजनामा आवद्ध भए PMS सेवामा ५० छुट पाइने ।

४. एक वर्षसम्म नेप्सेको sectorial technical analysis report सित्तैमा पाइने ।

५. परिवारको एक जना सदस्यले योजनामा आवद्ध भए अरु सदस्यहरुका हकमा रु १००० प्रति सदस्यमा योजनामा आवद्ध हुन पाउने ।

६. पाँच लाख रूपैयाँको दुर्घटना बीमा गरिने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको