Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १५ : २२ मा प्रकाशित

हिमालयन हाइड्रोकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र क्यापीटल बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । 

हिमालयन हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७/०६/१२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको र उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी रु. १९८ करोड तथा जारी पुँजी रु. १०९.५० करोड रहेको छ ।

सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात रु. २२.५० करोड बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात रु. ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात रु. १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँड समेत गरिसकिएको  छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको