Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्डको न्याभसँगै घट्याे सेयर लगानी

अर्थ संसार

आइतबार, १० साउन २०७८, १३ : ३८ मा प्रकाशित

कुमारी इक्वीटी फण्डको न्याभसँगै घट्याे सेयर लगानी

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७८ साल असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असार मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७२ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तकाे तुलनामा ४ पैसाले घटेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ७६ पैसा रहेकाे थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५४ करोड १४ लाख ८१ हजार रूपैयाँमा सीमित छ । उक्त लगानी जेठ मसान्तकाे तुलनामा २ करोड ६ लाख ५२ हजार रूपैयाँले थाेरै हाे । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५६ करोड २१ लाख ३३ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, कुमारी इक्वीटी फण्डले विभिन्न प्रकारका ३४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३१ करोड ९३ लाख ४२ हजार रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ३० करोड ६५ लाख ६४ हजार रूपैयाँ रहेकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको