Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास र मनकामनास्मार्ट लघुवित्तको आईपिओ नेप्सेमा सुचिकृत कहिले ?

अर्थ संसार

सोमबार, ११ साउन २०७८, ०६ : ४६ मा प्रकाशित

जीवन विकास र मनकामनास्मार्ट लघुवित्तको आईपिओ नेप्सेमा सुचिकृत कहिले ?

जीवन विकास लघुत्ति कम्पनी र मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँट भएको लामो समय वितिसक्दा पनि दास्रो बजार कारोबारका लागि हाल सम्म नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुन सकेको छैन । 

दुबै संस्थाको आईपिओ निष्काशन र सेयर रजिष्टारको जिम्मेवारी पाएको एनएमबि क्यापिटलले जिवन विकास लघुवित्तको सेयर यसै साता भित्रमा नेप्सेमा सुचिकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ भने मनाकामना स्मार्ट लघुवित्तको पनि सकेसम्ममा यसै साता भित्रमा र नसकिएमा अर्को सातासम्ममा नेप्सेमा सुचिकृत हुने जनाएको छ । 

जीनव विकास लघुवित्तले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
 
संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

संस्थाको आईपीओमा ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको छ । ३ हजार ४ सय ७१ जना श्ंकास्पद आवेदक र सीआस्वाबाट आवेदन दिने ६५ हजार ५ सय ३८ जना गरी कुल ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएको हो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

त्यस्तै, मनाकामना स्मार्ट लघुवित्तले असार १७ गते बिहीबारदेखि असार २१ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड असार २८, सोमबार निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका थिए । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी  १९ लाख १५ हजार एक सय ७२ आवेदकको भने हात खाली भएको थियो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को  प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।

पछिल्लो समय दोश्रो बजारमा प्राय सबै कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू हुने गरेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार पनि अधिकतम रेञ्जबाट नै सुरू हुन सक्नेछ । संस्थाको सेयर थोरै मात्र छ । लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरू सधैँ आकर्षित हुने गर्दछन् । संस्थाको सेयरमा पनि धेरै माग आउँदा मूल्य उच्च हुनेछ । त्यसैले मनकामना स्मार्ट लघुवित्तको आईपीओ पर्ने लगानीकर्ताले राम्रै नाफा कमाउन सक्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको