Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रो लघुवित्तको बोनश सेयर सेयरधनीको हितग्राही खातामा

अर्थ संसार

सोमबार, ११ साउन २०७८, ०८ : ३२ मा प्रकाशित

नेपाल एग्रो लघुवित्तको बोनश सेयर सेयरधनीको हितग्राही खातामा

नेपाल एग्रो लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले असार २१ गते सम्पन्न ५ औं साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

कम्पनीले वितरण गरेको बोनश सेयर साउन ५ गते नेप्समा सुचिकरण भई साउन ८ गते सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।  

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाइसकेको छ । दुवै संस्थाबीच गतबर्ष माघ २६ गते, आइतबार मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल एग्रो लघुवित्त इन्फिनिटी लघुवित्त वित्तीय संस्था संग १ः०.९८ को रेसियोमा एक्वीजिशनमा जान लागको हो अर्थात नेपाल एग्रोको १०० कित्ता सेयर हुने सेयरधनीहरुले इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर प्राप्त गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको