Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको नयाँ व्यवस्थाले लघुवित्तको लाभांश वितरण घट्ने !

पत्रपत्रिका

मंगलबार, १२ साउन २०७८, ०७ : ३५ मा प्रकाशित

राष्ट्र बैंकको नयाँ व्यवस्थाले लघुवित्तको लाभांश वितरण घट्ने !

नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाअनुसार तत्काललाई लघुवित्त कम्पनीको लाभांश वितरण घट्ने भएको छ । 

अब लघुवित्तहरूले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ । 

यो व्यवस्थाले संस्थाको लाभांश २० प्रतिशतमाथि भएमा सटटर्म लगानी गर्ने लगानीकर्ताको लाभांश तत्काल घट्ने तर दीर्घकालीन लगानीकर्तालाई भने पछि केन्द्रीय बैंकले फुकुवा गरेपछि फिर्ता हुने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्सालले बताए । यो व्यवस्थाले तत्काल लघुवित्तको सेयरमूल्यमा प्रभाव पर्नसक्ने उनको भनाइ छ । 

‘विगतको लाभांश वितरण गर्ने संस्थालाई हेर्दा ७८ लघुवित्तमध्ये आधाको लाभांश वितरण २० प्रतिशत माथि थियो । अहिले पनि सोही स्थिति रहे ती संस्थाको लगानीकर्तालाई तत्काल सबै लाभांश पाउन नसक्दा प्रभाव पर्न जाला,’ उनले भने, ‘तर, संस्था बलियो बनाउन केन्द्रीय बैंकले चालेको कदम स्वागतयोग्य छ ।’

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको