Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १० : २७ मा प्रकाशित

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

लक्ष्मी बैंक लिमिटेडले असार २८ गते साेमबारबाट साउन ५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर प्राप्त रितपूर्वक आवेदनहरू प्रशाेधन गर्दा सर्वसाधारणका लागि माग बमाेजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनकाे हकमा आंशिक रूपमा हिजाे साउन ११ गते, साेमबार बाँडफाँड गरिएकाे हाे ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियाे । जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानीकोषकोसहित सर्वसाधारणमा बिक्री गर्नेछ र १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरिएकाे थियाे । 

बैंकले १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र बिक्री गरेकाे हाे । उक्त ऋणपत्रको व्याजदर वार्षिक ८.५% हुनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ff903174008.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको