Like us!
Follow us!
Connect us!
Watch us!

प्रसारण लाइन छिटो बनाउन उर्जा उत्पादकहरुको मन्त्रीलाई आग्रह

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १५ : २२ मा प्रकाशित

प्रसारण लाइन छिटो बनाउन उर्जा उत्पादकहरुको मन्त्रीलाई आग्रह

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले विद्युत क्षेत्रको विकासका लागि उर्जामन्त्रीसँग विभिभिन्न मागहरु राखेको छ । जल स्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयमा मंगबार आयोजित अन्तरक्रियामा इप्पानले ती मागहरु प्रस्तुत गरेको हो । कार्यक्रममा विद्युत क्षेत्रले भोगिरहेको समस्याहरु र आगामी दिनमा आउने समस्या समाधान गर्न मन्त्रालयले खेल्नुपर्ने भूमिकबारे इप्पानका पदाधिकारीले प्रस्तुति दिएका थिए ।

इप्पान कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उर्जामन्त्री पम्फा भुसाललाई उर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पदाधिकारीहरुले आग्रह गरेका थिए । इप्पानका पदाधिकारीले साना जलविद्युत आयोजनाहरुमा लाग्दै आएको हाइड्रोलोजी पेनाल्टी हटाउन, हालैको बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाहरुको पुनःनिर्माण गर्न सहुलियत ऋण तथा तत्काल इन्स्योरेन्स प्राप्त गर्न सहजीकरणका लागि उर्जामन्त्रीसँग आग्रह गरेका थिए ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत खरीद विक्री दरमा एकरुपता कायम गरी हाल संचालनमा रहेका सबै आयोजनाहरुलाई आधार दर रु. ४.८० र रु. ८.४० प्रदान गर्न, हाल उत्पादित १५० मेगावाट बराबरका आयोजनाहरु प्रशारण प्रणालीको अभावका कारण पूर्ण रुपमा संचालनमा आउन नसकेका प्रशारण प्रणालीको तिव्र गतिमा निर्माणलाई प्राथमिकतामा राख्न र सो कारणले प्रभावित आयोजनाहरुका लागि क्षतिपूर्तीको व्यवस्था गरिदिन मन्त्रीसमक्ष आग्रह गरेका थिए । कार्यक्रममा मन्त्री भुषालले निजी क्षेत्रका उर्जा उत्पादकहरुको माग सम्बोधन गर्न पहल गर्ने बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको