Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १६ : ३१ मा प्रकाशित

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । 

बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” नाममा प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरकाे २० लाख कित्ता ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

यस ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा एभरेस्ट बैंक लिमिटेडको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

एभरेष्ट बैंक लिमिटेडले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको  छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको