Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्तको खुद मुनाफा २३१.८७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १३ साउन २०७८, ०६ : ११ मा प्रकाशित

सबैको लघुवित्तको खुद मुनाफा २३१.८७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य व्यापक बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २३१.८७ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ४४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १७६.६२ प्रतिशतले बढेर १५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ४७ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ४८.९८ प्रतिशतले बढेर २६ करोड ७७ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २० करोड ६० लाख रुपैयाँ र जगेडा कोषमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार १९५.९६ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको उछालसंगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा ब्यापक बृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५५ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३२.७१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको