Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुबित्तको नाफा २२२.१३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि उछाल

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १० : २६ मा प्रकाशित

सबैको लघुबित्तको नाफा २२२.१३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि उछाल

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा २२२.१३ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो नाफा २ करोड ४६ लाख ८ हजार रुपैयाँमा सिमित थियो ।

त्यस्तै सो अवधिसम्म ब्याज आम्दानी पनि ७३.७८ प्रतिशतले बढेर १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ८ करोड ४२ लाख २५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। 

हाल चुक्तापूँजी २० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोष ९ करोड ३१ लाख ८० हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ३० पैसा पुगेको छ संस्थाको प्रतिसेयर आम्दानी गतबर्षको यसै अवधिमा १७ रुपैयाँ ६० पैसामा सिमित थिषे । संस्थाको प्रतिशेयर नेटवर्थ २९१ रुपैया ८४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको