Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, १४ साउन २०७८, ०८ : ४४ मा प्रकाशित

नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । 

इन्स्योरेन्सले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज साउन १४ गते बुकक्लोज गरेसंगै कम्पनीको सेयर मूल्य समायोजन गरिएको हो । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो । 

समायोजन पछि कम्पनीको सेयर मूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ । आजको कारोबारमा कम्पनीको सेयर मूल्य ११९८.१८ रुपैयाँ काएम भएको छ ।

नेप्सेले हिजो अर्थात बुधबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता १ हजार ३१८ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आज साउन १४ गते गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले साउन हिजो १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको संचालक  समितिको असार २७ गते बसेको बैठकले गरेको निर्णयानुसार कम्पनीको १५ औं वार्षिक साधारण सभा साउन २१ गते कम्पनी रजिष्टर्डको कार्यलय पानिपोखरी काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीको साधारणसभामा सहभागि हुन इच्छुक सेयरधनीहरुलाई सभाको मिटिङ आईडी र पासवार्ड कम्पनीको वेबसाईट मार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश पारित गर्नुका साथै वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । कम्पनीको बोनश सेयरपछी पुँजी बृद्धि भई १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएकाले चुक्ता पुँजी प्रबन्धपत्र संसोधनको प्रस्ताव पनि पारित हुने छ । 

61021a3e4c734.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको