नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम् वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षकाे उमेरमा निधन भएको छ। अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ः ५५ बजे निधन भएको निधन भएकाे हाे।
आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् । राष्ट्र बैंकमा तीन दशक काम गरेका आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत काम गरेका थिए। आचार्य दुई पटक अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार समेत भएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस