Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले एकैदिन थप्याे ६ वटा नयाँ शाखा

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १३ : १० मा प्रकाशित

मेगा बैंकले एकैदिन थप्याे ६ वटा नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । 

प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिएका छन् । 

यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको पनि बैंकले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको