Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले सम्पन्न गर्याे वृक्षारोपण कार्यक्रम

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १३ : ५६ मा प्रकाशित

माछापुच्छ्रे बैंकले सम्पन्न गर्याे वृक्षारोपण कार्यक्रम

माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम गरेकाे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७८ साल साउन १५  गते का.म.पा. ३ वडाको मुल सडक  महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको हाे ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाण्डौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए ।  

बैकले सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको