Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुले सुरु गर्‍यो जि-क्यास : जि-क्यास कमाएर नि:शुल्क सपिङ गर्ने मौका

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १५ : ४० मा प्रकाशित

ग्यापुले सुरु गर्‍यो जि-क्यास : जि-क्यास कमाएर नि:शुल्क सपिङ गर्ने मौका

नेपाली अनलाइन शपिङ साइट ग्यापुले केहि समय अगाडी सार्वजनिक गरेको जि-क्यास प्रयोग गरेर आजदेखि नि:शुल्क सपिङ गर्न सकिने भएको छ । 

ग्यापु मोबाइलको एप 'रिफर एण्ड अर्न' अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जि-क्यास संकलन गरेर सो बराबर सामानहरु नि:शुल्क खरिद गर्न सक्ने ग्यापु मार्केटप्लेसका संस्थापक एवं सिइओ ग्यानेन्द्र खड्काले बताए। 

जि-क्यास कमाउनको लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकहरुले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरे वापत आफ्नो पहिलो खरिदमा छुट साथै विभिन्न रिर्वाडहरु पाउन सक्ने खड्काले बताएका छन् । 

ग्यापु एपमा दर्ता भएका जो सुकै ग्राहकले पनि यो अफरमा सहभागी हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर गरेपछि त्यसलाई भेरिफाई गर्न सकिन्छ । 

आफ्नो अकाउन्ट ईमेल अथवा मोबाइल नम्बरबाट भेरिफाई भइसकेपछि ग्राहकले आफ्ना साथीहरुलाई ग्यापु एप रिफर गरेर जि-क्यास कमाउन सक्नेछन् । 

जि-क्यास ग्यापुले आफ्ना ग्राहकहरुकहरुको लागि ल्याएको क्यास रिवार्ड अफर हो जुन ग्यापुबाट सामानहररु खरिद गर्नेबेलामा मात्र प्रयोग गर्न सकिनेछ । 

ग्यापु एप डाउनलोड गर्ने वित्तिकै ग्राहकले आफ्नो खातामा रु. ५० काे जि क्यास प्राप्त गर्नसक्नेछन् भने मोबाइल भेरिफाइ गरिसके पछि थप रु ५० पनि प्राप्त गर्नेछन्, हरेक ग्राहकले यसरी आफुले ग्यापु मोबाइल एप डाउनलोड गर्दा रु १०० बोनस प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरि प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप रु ५० प्राप्त गर्नेछ । जति धेरै रिफर गर्न सक्यो त्यति नै धेरै जि—क्यास प्राप्त हुनेछ । ग्यापु रिफर लिंक ह्वाट्एप, मेसेन्जर, भाइबर लगायत सामाजिक सञ्जालमार्फत सेयर गर्न सकिनेछ । 

रिफर मार्फत डाउनलोड गरिएको ग्यापु अकाउन्टको जि-क्यासमा रु १०० व्यालेन्स हुनेछ भने सोही लिंक रिफर गर्दा थप रु २० को व्यालेन्स अकाउन्टमा जम्मा हुनेछ । रिफर गरेको साथीले ग्यापु एप डाउनलोड गरेर आफ्नो मोबाइल र इमेल अकाउन्ट भेरिफाई गरेपछि मात्र त्यो रिफर गरेको मान्य हुनेछ । 

आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि 'रिफर एण्ड अर्न' अफरको सुरुवात गरेको थियो । 

त्यस्तै निषेधाज्ञाको समयमा घर घर निशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेहरुमध्ये एकजनालाई नयाँ कार  उपहार दिने घोषणा गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको