Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको नाफामा सुधार, अन्य सूचक पनि उत्साहजनक

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ०६ : ०० मा प्रकाशित

अरुण काबेलीको नाफामा सुधार, अन्य सूचक पनि उत्साहजनक

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएकाे छ ।

चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १६८.३८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १० करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७० करोड ६७ लाख ६ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ७३.५५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४० करोड ७२ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

समिक्षा अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ६५.०५ प्रतिशतले बढेर ६७ कराेड ४२ लाख ८ हजार रूपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ४० कराेड ८४ लाख ७५ हजार रूपैयाँ रहेकाे थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा २९ करोड २२ लाख ५८ हजार रूपैयाँ रहेकाे छ । चाैथाे त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा पुगेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ ४३ पैसा पुगेकाे छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात २५.९४ गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61073b49d2b20.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको