Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले हकप्रद निश्कासन गर्ने

अर्थ संसार

सोमबार, १८ साउन २०७८, १४ : १३ मा प्रकाशित

समृद्धि फाइनान्सले हकप्रद निश्कासन गर्ने

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे । कम्पनीले २:१ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

 

6107b22c41d5e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको