Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्री देउवाको निर्देशन

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, १६ : ३६ मा प्रकाशित

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्री देउवाको निर्देशन

 नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन् ।

याे निर्देशनसँगै उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन आग्रह गरिसकेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको