Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य सुधार, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, ०८ : ११ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य सुधार, ईपीएस कति ?

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २२१.४९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १७५.९३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि २२९.२० प्रतिशतले बढेर ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा २५ करोड ७३ लाख ५९ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी एक अर्ब ७३ कराेड ९४ लाख ४० हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको