Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंक गरिमासँग विलय हुने, स्वाप रेसियो कति ?

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १० : ०८ मा प्रकाशित

सहारा विकास बैंक गरिमासँग विलय हुने, स्वाप रेसियो कति ?

सहारा विकास बैंक लिमिटेडले संयुक्त सभा आह्वान गरेको छ । बैंकले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
बैंकको साउन २२ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजे सुरु हुनेछ ।

सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबात सहारा विकास बैंक लिमिटेडको छल, अचल सम्पत्ति र दायित्व मुल्यांकन (Due Diligence Audit, DDA) प्रतिवेदन  तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो) एक बराबर एक (१:१) अनुमोदन गर्नेछ  ।

यसका साथै, सभाले तिन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

सभाले संचालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना संचालकहरुको निर्वाचन पनि गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

 

610e019a9e69b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको