Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक सभा, अन्य एजेण्डा के-के छन् ?

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १३ : २५ मा प्रकाशित

लाभांश पारित गर्न एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक सभा, अन्य एजेण्डा के-के छन् ?

 एनआईसी एशिया क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौ १३ गते, आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न स्वीकृत गर्नेछ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेद, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् : -

 

610e3819b5984.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको