Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अवितरीत हकप्रद सेयरको बोलपत्र आज खोलिदै

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०६ : २० मा प्रकाशित

अपि पावरको अवितरीत हकप्रद सेयरको बोलपत्र आज खोलिदै

अपि पावर कम्पनी लिमिटेडले साउन १३ गते बुधबार बाट लिलाम बढाबढमा ल्याएको अवितरित हकप्रद सेयरको बोलपत्र आज खोलिने भएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आज साउन २४ गते बिहान ९ः३०  क्यापिटलको केन्द्रिय कार्यलय हात्तिसार मार्ग, कमलादी काठमांडौमा बोलपत्र खोलिने जनाएको छ । कोभिड १९ का कारण सबै आवेदकको भौतिक उपस्थितीमा बोलपत्र खोल्न नसकिने भएकाले क्यापिटलको फेसबुक लाइभ मार्फत हेर्न सकनिे क्यापिटलले जनाएको छ । 

लगानीकर्ताले साउन १३ गते, बुधबारबाट साउन २० गते, बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गरेका थिए । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रूपैयाँ तोकिएको थियो लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गरेका हुन् । 

कम्पनीले जेठ २० गतेदेखि असार १३ गते, आइतबार निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको