Like us!
Follow us!
Connect us!
Watch us!

नियामकले सर्बोत्तम सिमेन्टको सेयर किन्नु अनैतिक होः वित्त विश्लेषक बस्यालसँग कुराकानी

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०८ : ४७ मा प्रकाशित

हेमन्त बस्याल पेशाले वित्त विश्लेषक हुन् । उनी लगानी गर्न चाहनेहरुलाई कुन क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल लिन सकिन्छ भनेर सल्लाह दिन्छन् । सेयर बजारको विश्लेषणमा अब्बल बस्याल अहिलेको बजारले बुलिस ट्रेन्ड समातिसकेको अवस्था मान्छन् । उनी केही कम्पनीको सेयरको मूल्य अचाक्ली भए पनि अझै केही कम्पनीका सेयरमूल्य हुनु पर्नेभन्दा सस्तो रहेको उनको भनाइ छ ।

बजारलाई तरलता, राजनीति र नीति निर्माताहरुको अस्थिर नीतिले प्रत्यक्ष असर पार्ने उनको आँकलन छ । कोभिड–१९ ले अर्थतन्त्र नकारात्मक पारेका बेला सेयर बजार उकालिनु स्वभाविक हो ? हाम्रो प्रश्नमा बस्याल भन्छन्, हाम्रो देश जीडीपीमा आधारित अर्थतन्त्र होइन। यहाँको अर्थतन्त्रको ठूलो हिस्सा रेमिटान्सले पनि धानिरहेको छ । त्यसैले सेयर बजारको बृद्धिलाई स्वभाविक मान्नु पर्छ ।

तरलता पर्याप्त रहेको र ब्याज घटेकाले सेयर बजार बढ्नु स्वभाविक रहेको उनको ठम्याइ छ। बजार निरंतर उकालो छ । १८८१ अंकमा पुगेको बजार घटेर ११०० को हाराहारीमा आयो । त्यसपछि त्यही ११८० कटेर केही माथि जाला भन्ने थियो । तर सबै प्रकारका रेकर्डहरु पार गर्दै बजार ३१ को उचाइमा पुगेको छ । भोलुमा हेर्ने हो भने पनि एकै दिन २० अर्ब हाराहारीमा कारोबार भएको छ । अझै बजार उकालोमै छ ।

हामीले बस्याललाई सोध्यौं यो अपेक्षित हो ? अहिलेको बजारलाई कुन कुन तत्वले प्रभावित पारिरहेका छन् ? बजार कति माथि जाला ? केही अनुमान गर्न सकिन्छ ? सेयर बजारको बियरिस ट्रेन्ड सकिएर बुलिस ट्रेन्ड लाग्यो ।

अबको ४ बर्ष लगातार बढ्छ भन्छन् विश्लेषकहरु । के बजार त्यस्तै होला ? बजारमा केही समुहहरु त सुन्निएजस्तो लाग्दैन ? जस्तो विकास बैंक, फाइनान्स, जलविद्युत समुहको निरंतर उकालो यात्रा स्वाभाविक हो ? जलविद्युत कम्पनीहरुलाई त नियामक निकाय जलविद्युत नियमन आयोगले बैंक ऋण तिर्न हकप्रद निस्कासन गर्न दिने प्रस्तावले बढेको मान्न सकिन्छ । यी फाइनान्स, विकास बैंक किन यसरी बढेका ? यिनमा कर्नरिंग भएको हैन ? हस्पिटालिटी इन्डस्टी तहसनहस भएका बेला होटलको सेयर मूल्य बढ्नुलाई कसरी हेर्ने ? बजारमा मूल्य नबढे पनि त्यसले दिने बार्षिक रिटर्नले लगानीकर्ता नाफामा हुन्छन् । तर, बार्षिक केही प्रतिफल नदिएका कम्पनीको समेत मूल्य अकासिएका बेला सेयर किन्दा लगानीकर्ता जोखिममा हुँदैनन् ? पछिल्लो समय सेयरतिर सबैको आकर्षण बढेको छ । कुनै कम्पनीको आइपिओ खुल्दा २१ लाख जनाभन्दा बढीले आवेदन गर्न थालेका छन् ।

डिम्याट खाता खोल्ने ३७ लाख नाघि सके । नियमित सेयर खरिदबिक्री गर्ने ७ लाखभन्दा बढी छन् । सबै सेयर बजारमा लाग्दा बजार त माथि जाला ? यस्ले उत्पादकत्व त घटाउँदैन ? तपाइँ वित्त विश्लेषक हुनुहुन्छ । अहिले बजारमा लगानीको क्षेत्र सेयर बजार मात्रै हो ? कि प्रतिफल दिने अरु क्षेत्र पनि छन् ? बाणिज्य बैंकका सहायक मम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनु हुन्छ कि हुन्न भन्ने कुरामा ठूलो डिबेट छ ।

के उनीहरुलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर टेडिंग हुने नै हो ? पछिल्लो समय नियामक निकायहरु धितोपत्र बोर्डका पदाधिकारी, नेप्सेका पदाधिकारीले बुक बिल्डिडंग बिधिबाट महंगोमा सेयर निस्कासन गर्न लागेको सबोत्तम सिमेन्टको गोल्डेन सेयर लिएर सर्बसाधारणलाई फिसिंग गर्न सहमति दिन लागेको आरोप छ ।

के यसमा नियामकहरुले गैरकानुनी काम गरेकै हुन् ? यी र यस्तै प्रश्नहरुको सेरोफेरोमा वित्त विश्लेषक बस्यालले अर्थसंसार टकसँग खुलेर कुरा गरेका छन् । उनीसँग अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

Seen by LN at 8:46 AM

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको