Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, २४ साउन २०७८, १० : ४९ मा प्रकाशित

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम माैका

नबिल बैंक लिमिटेडले साउन १० गते आईतबारबाट निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज (साउन २४ गते, आईतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले ७ वर्ष अवधिको  ८ प्रतिशत व्याजदर रहेको  "८%  नबिल डिबेन्चर २०८५" नाममा ऋणपत्र निष्कासन गरेको हो ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले हिमालयन क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको