काठमाडौंमा नै बर्ड फ्लु देखिएको छ । जिल्लाको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको हो ।
बर्ड फ्लु भए पछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण देखिएपछि नियन्त्रण तथा रोकथामका कामलाई तीव्र बनाइएको जनाएको हो । संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायत पन्छी, अण्डा तथा पन्छीको दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्नुपर्ने तथा फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस