Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद ल्याउन बरुण हाइड्रोले नियुक्त गर्याे बिक्री प्रबन्धक

अर्थ संसार

आइतबार, २४ साउन २०७८, १७ : ३१ मा प्रकाशित

हकप्रद ल्याउन बरुण हाइड्रोले नियुक्त गर्याे बिक्री प्रबन्धक

बरूण हाइड्राेपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । 

बरुण हाइड्रोपावर कम्पनीले २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । 

बरुणको हकप्रद निष्कासनको निवेदनमा बोर्डले प्रतिकृया दिँदै २०७६ जेठ ७ गते हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगसँग हकप्रद निष्काशनका लागि पूर्व स्विकृत लिई स्वीकृती पत्रसहितको कागजात पेश गर्न भनेको थियो । 

त्यसपछि कम्पनीले विद्युत नियमन आयोगमा पूर्व स्विकृतीका लागि निवेदन दियो । त्यसबेला विद्युत नियमन आयोगले बरुणलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृती नदिई निवेदन खारेज गरिदिएको थियाे ।

यसरी रोकिएको बरुणको हकप्रद निष्कासनको प्रक्रिया फेरि पुनः सुचारु भएकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको