Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तको नाफा ११४.९५ प्रतिशले बढ्यो, इपिएस कति ?

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ०६ : ०४ मा प्रकाशित

आँधिखोला लघुवित्तको नाफा ११४.९५ प्रतिशले बढ्यो, इपिएस कति ?

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले सन्तोषजनक प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११४.९५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ९० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७० लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि ३९.३६ प्रतिशतले बढेर १० करोड ९८ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ८८ लाख ५१ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १० करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ८ करोड १ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा १०६.५९ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ११.३२ गुणा रहेको छ ।

लामो समय देखि नेपाल स्टक एक्सचेञ्जमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का भएको छ । धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै नेप्सेमा यसको कारोबार रोकिएको हो । तर पछिल्लो समय भने यी दुई संस्थाहरुबिचको मर्जर प्रक्रिया पनि भाँडियको भनिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको