Like us!
Follow us!
Connect us!
Watch us!

आँधीखोला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, इपिएस कति ?

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, ०९ : ०७ मा प्रकाशित

आँधीखोला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, इपिएस कति ?

आँधीखोला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४१.४५ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ६६ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि बढेर २ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड २ लाख रूपैयाँमा सिमित थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १८.३० प्रतिशतले बढेर १ करोड ८१ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा सामान्य बढेपनि खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफा बढेको हो। 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ र जगेडा कोषमा ७ करोड ८७ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ७९ पैसा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

618b3c4e2fb33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको