Like us!
Follow us!
Connect us!
Watch us!

३१ प्रतिशत लाभांश पारित गर्न आँधिखोला लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ०८ : ४३ मा प्रकाशित

३१ प्रतिशत लाभांश पारित गर्न आँधिखोला लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको छैठौँ बार्षिक साधारणसभा माघ १३ गते होटल गाँउबेशीको सभाहल वालिङ स्याङ्जामा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको