Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर नोक्सानी व्यहोर्दै चन्द्रागिरी हिल्स, असार मसान्तसम्ममा २५ करोड घाटामा

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ०७ : ५५ मा प्रकाशित

निरन्तर नोक्सानी व्यहोर्दै चन्द्रागिरी हिल्स, असार मसान्तसम्ममा २५ करोड घाटामा

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्नुपरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १० करोड ६६ रुपैयाँ घाटामा थियो ।

कोभिड १९ का कारण कम्पनी बन्द हुँदा कम्पनीको सञ्चालन आम्दानी घट्न पुग्दा खुद नोक्सानी समेत बढेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । 

कम्पनीको गत आर्थिक बर्षको चैत्र १८ गते सम्माको वित्तिय विवरण अनुसार कम्पनीले १८ करोड रुपैयाँ नोक्सानी व्यहोरी सकेको थियो । कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ ।

कम्पनीले गत बर्षको पुस २४ गतेबाट कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको