Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीबाट टिभिएसको जुनसुकै सवारीको किस्ता तिर्न सकिने

अर्थ संसार

सोमबार, २५ साउन २०७८, १७ : ०२ मा प्रकाशित

अब खल्तीबाट टिभिएसको जुनसुकै सवारीको किस्ता तिर्न सकिने

खल्ती डिजिटल वालेटले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको छ। 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएस को मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन्।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पेसँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन्। 

खल्ती बाट टिभिएस सवारी को किस्ता शुल्क भुक्तानी गर्न :

१. खल्ती को होम स्क्रिन मा हरेको “ईएमआई” आइकन मा ट्याप गर्ने 

२. “जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट” लेखिएको ब्यानरमा क्लिक गर्ने 

३. अब सम्पूर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” बटनमा दबाउने 

५ हजार रूपैयाँ भन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको