Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुको वर्षकै ठूलो टिकटक प्रतियोगिता

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ११ : ०३ मा प्रकाशित

ग्यापुको वर्षकै ठूलो टिकटक प्रतियोगिता

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता “ग्यापु टिकटक हिरोज” सुरु गरेको छ । 

प्रतियोगिताको लागि कुनै पनि रजिस्ट्रेशन चार्ज लाग्दैन । जटिल प्रक्रिया पनि छैन । ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छाअनुसार जुनसुकै किसिमको भिडियो बनाएर सहभागी हुन सकिनेछ । सहभागी हुनको लागि एउटा दर्ता फारम भर्नुपर्ने हुन्छ जसको कुनै शुल्क लाग्ने छैन । 

यसको लागि सहभागीले ग्यापुको वेबसाइट www.gyapu.com मा गएर टिकटक हिरोजको ब्यानरमा क्लिक गरी रजिस्टर भन्ने अप्सनमा गएर आफ्नो सहभागिताको लागि फारम भर्नुपर्ने हुन्छ । अथवा सहभागीले ग्यापुको मोबाइल एप मार्फत पनि सहभागीताको फारम भर्न सक्छन् । सहभागीले आफ्नो नाम प्रतियोगिताको लागि साउन ३१ गतेसम्म दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा पहिलो हुने सहभागीले एक लाख रुपैयाँको नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभन्न गिफ्ट ह्याम्परहरु पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको